भरतपुर महानगरपालिकाको मेयरमा दाहालले दर्ता गरिन् उम्मेदवारी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । दाहाल सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार हुनुहुन्छ ।

सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि मेयरको पदबाट राजीनामा दिनुभएको थियो । २०७४ मा उनी नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित हुनुभएको थियो ।

भरतपुरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गर्नुभयो । उहाँ २०७४ को निर्वाचनमा महानगरको वडा नम्बर २१ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले कांग्रेसको भरतपुर महानगरपालिका सभापति हुनुहुन्छ । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ।भरतपुरका २० वडा कांग्रेस, ५ वडा माओवादी र ३ वडा एकीकृत समाजवादीको भागमा परेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार