२८८०५ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १०५० जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा ६३१ तथा उपाध्यक्ष पदमा ६०६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ७ हजार ६६२ जना, महिला सदस्य पदमा ४४३१, महिला दलित सदस्य पदमा ३७७६ र सदस्य पदमा ९ हजार ४७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो विवरण दिउँसो ३ बजेसम्मको रहेको आयोगको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार