आफ्नो भोटमा विश्वास राखौं : लेखक बुद्धीसागर

काठमाडौँ । चर्चित लेखक बुद्धीसागरले चुनावमा राम्रो उमेदवारलाई भोट दिन अनुरोध गर्नुभएको छ । उहाँले सामाजिक संजाल मार्फत हार्ने देखिए पनि राम्रोलाई भोट दिन अनुरोध गर्नुभएको हो ।

हार्छ भन्ने अनुमानले आफ्नो अमूल्य भोट खेर नफाल्न र आफ्नो निर्णय छिट्टै परिवर्तन नगर्न समेत सुझाउनुभएको छ । ‘जित्ने होइन, आफ्नो भोट किन खेर फाल्नु भनेर अन्तिम तिर निर्णय फेर्नु भएन’ उहाँले सामाजिक संजालमा लेख्नुभएको छ ‘आफ्नो भोटमा विश्वास राखौं ।’

कुनै एक व्यक्तिको भोटले मात्र उम्मेदवार नजित्ने बताउँदै उहाँले जिताउन हरेक एकले गरेको कोसिस नै सफल हुने धारणा अगाडि सार्नुभएको छ । उहाँ जुनकिरीको उदाहरण सहित लेख्नुहुन्छ, ‘एक्लो जुनकिरीले संसार उज्याला बनाउन नसक्ला, तर बल्ने कोसिस पनि त छाड्दैन ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार