छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित

सप्तरी । छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द निर्वाचित हुनुभएको छ । विद्दानन्द २५ वर्षीय युवा हुनुहुन्छ ।

अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाउनुभयो । उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २४७२ मतका साथ विजयीहुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १५९५ मत पाउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार