निजगढमा विमानस्थल बनाउने भनिएको ठाउँमा जंगल छैन : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विमानस्थल निर्माणका लागि तय गरिएको निजगढमा जंगल नै नभएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले निजगढ एयरपोर्टका लागि रनवे र टर्मिनल भवन बनाउने ठाउँमा जंगल नै नपर्ने बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतको आदेश समेत यथार्थ स्थिति थाहा नभइकन गरिएको समेत टिप्पणी गर्नुभएको छ ।

गत साता सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भए निजगढभन्दा अन्यन्त्र बनाउन सरकारलाई आदेश दिएको थियो। तर आदेशको पूर्णपाठ आएको छैन । नेता नेपालले सर्वोच्चको आदेशलाई दुस्खद् भन्नुभएको छ । नेता नेपालको संयोजकत्वमा गठित संसदीय उपसमितिले पनि जंगल नमास्ने गरी विमानस्थल बनाउन आदेश दिएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार