पाण्डबखानी माविमा शाहिको स्मृतिमा अक्षकोष स्थापना तथा पुरस्कार वितरण

सुरेश छन्त्याल
पाण्डबखानी । गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी माद्यमिक विद्यालयमा शैक्षिक सत्र २०७८ को पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एल केजी देखि कक्षा ९ सम्म प्रथम द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै अनुशासित लगायत विभिन्न विधामा पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको हो । त्यस्तै उक्त विद्यालयमा ललित बहादुर शाहि स्मृति अक्षकोष स्थापना गरिएको छ । उक्त कोष स्वर्गीय शाहिको वार्षिक पुण्य तिथिको अवसरमा स्थापना गरिएको छ । अक्षयकोष स्थापनाले गरिव तथा जेहेन्दार विद्यार्थी १ जना र पाण्डबखानी आधारभूत विद्यालयफ फुर्सेबाट आउने १ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिने छ।

उक्त अक्षकोष रकम रु. १,११,१११ रहेको छ। यसै गरी गलकोट नगरपालिका–१० पाण्डवखानीमा जन्मी बेलायतमा बस्दै आउनु भएका दलबहादुर पुन तथा समस्त परिवारको तर्फबाट स्व. बाबाआमाको सम्मान र स्मृतिमा प्रदान गर्दै आउनु भएको ४ जना विद्यार्थीलाई रु. ५८,२०० पूर्ण छात्रवृति तथा गणेश सुनारले प्रदान गर्ने २जना विद्यार्थीलाई रु.१०,००० छात्रवृत्ति पुरस्कार वितरण गरिएको थियो ।

यसका साथै दिलबहादुर टिकाकुमारी पुरस्कार, भक्त मैना खड्का पुरस्कार, उजिर बहादुर खगी सुनार पुरस्कार, गंग बहादुर पुनपुरस्कार, समीर पुन पुरस्कार र भक्त बहादुर श्रीस पुरस्कार समेत वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालको सभापतित्व, संविधानसभाका पूर्व सभासद निरज पुनको प्रमुख आतिथ्यता, गलकोट नगरपालिका १० पाण्डबखानीका नवनिर्वाचित वडा अध्यक्ष भक्त बहादुर काउचाको विशिष्ट आतिथियता रहेको कार्यक्रममा स्वागत तथा ओैचित्यमाथि प्रकाश प्रधानाध्यापक नवीन सुनारले गर्नु भएको थियो भने संचालन शिक्षक प्रकाश पुनले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार