भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु : आईजीपी सिंह

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भन्नुभयो–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागु गरिएको जानकारी दिँदै सिंहले भन्नुभयो–‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु ।’ मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरेर आर्थिक संवृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको बल भनेको त्यहाँ कार्यरत व्यावसायिक प्रहरी कर्मचारी भएको उल्लेख गर्दै आईजीपी सिंहले उनीहरू सक्षम र व्यावसायिक भए मात्र अपराध नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो–‘सहर केन्द्रित अपराधका चुनौती सामान गर्न प्रहरीलाई आधुनिकीकरण गर्नुको विकल्प छैन ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार