माधव नेपालले दिए काठमाडौंका मेयर बालेन शाहलाई बधाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिनुभएको छ । स्वतन्त्र उम्मेदवार बालेन काठमाडौंको मेयरमा निर्वाचित भएपछि अध्यक्ष नेपालले आज उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

सार्वजनिक रूपमा प्रतिवद्धता गरेअनुसार काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायत असल कार्य गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा जनताको लोकप्रिय मतसहित निर्वाचित हुनुभएकोमा युवा उम्मेदवार बालेन्द्र साह (बालेन) जीलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना,’

अध्यक्ष नेपालले भन्नुभएको छ, ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउने लगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ।’उहाँले काठमाडौं महानगरमा नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू र जनप्रतिनिधिहरूलाई बधाई पनि दिनुभएको छ ।सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार