मिश्रको राजीनामापछि पाण्डेले भने– साथीहरुसँग सल्लाह गरेर अघि बढ्छु

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका साथीहरुसँग बसेर छलफल गरेर अघि बढ्ने प्रक्रिया दिनुभएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि पाण्डेले उनको राजीनामा मिडियामार्फत जानकारी पाएको बताउनुभयो ।

‘मैले रवीन्द्र मिश्रजीको राजीनामा मिडियामार्फत थाहा पाउनुभयो । अब साथीहरुसँग बसेर छलफल गर्छु । त्यसपछि एउटा निर्णयमा पुग्छु ।’ पाण्डेले भन्नुभयो, ‘विगत नौ महिना वैकल्पिक राजनीतिको पीडादायी समय रहयो । संसदको रेकर्डबाट हटाउने भन्छन् नि त्यस्तै नौ महिना वैकल्पिक राजनीतिबाट हटाउने काम भयो ।’निर्वाचन परिणामबाट राम्रो नजिता आउन नसकेको भन्दै अध्यक्ष पदबाट मिश्रले राजीनामा दिनुभएको छ । यस्तै मिश्रले राजीनामा दिएका पाण्डेसहित पार्टीका अरु नेताहरुलाई फर्किन आग्रह गर्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार