रुसद्वारा युक्रेनको यो दाबी अस्वीकार

एजेन्सी । रुसले भविष्यमा युक्रेनमाथि ‘पूरा हमला’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार गरेको छ । रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ । तर, रुसले दुई महिनाभन्दा बढी समयदेखि जारी युक्रेन आक्रमणलाई ‘युद्ध’ मान्न अस्वीकार गर्दै आएको छ ।

रुसले युक्रेनमा जारी आफ्नो आक्रमणलाई विशेष सैन्य अभियानको रूपमा वर्णन गरेको छ । तर पश्चिमी देशका अधिकारीहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय परेडको दिन मे ९ मा सैन्य कारबाही बढाउने घोषणा गर्न सक्ने अनुमान गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यी अफवाहहरूमा कुनै सत्यता नभएको बताएका छन् ।

बेलायतका रक्षा सचिव बेन वालेसले गत हप्ता युक्रेनमा विजय परेडको दिनमा नयाँ सैन्य कारबाहीको घोषणा गर्न सकिने बताएका थिए ।उनले एलबीसी रेडियोलाई भने, ‘मलाई अचम्म लाग्ने छैन र मलाई यस सम्बन्धमा कुनै जानकारी छैन । यस सम्बन्धमा जे स्पष्ट हुन्छ त्यो आगामी जेठमा प्रष्ट हुनेछ ।’ धेरै रिपोर्टहरूले मस्कोले वार्षिक परेडको दिनमा दक्षिणी युक्रेनको मारियुपोलमा थप सैन्य कारबाही गर्ने योजना बनाइरहेको दाबी गरिरहेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले मे ९ मा युक्रेनविरुद्ध पूर्ण युद्ध लड्छ भन्ने कुरालाई पूर्ण रुपमा विराम लगाउने कोसिस गरिरहेको छ । मे ९, १९४५ मा रुसले नाजी जर्मनीलाई जितेको थियो ।तर खबरका अनुसार रुसले त्यसदिन मारियोपोलमा विजय दिवसको समारोहको आयोजना गर्न सक्छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार