‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने पार्टी एमाले : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने पार्टी भएको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्‍याउन सबै तह र तप्कासँग एमाले सधैँ सँगै रहने ओलीको सन्देशमा उल्लेख छ । अध्यक्ष ओलीले गणतन्त्रमा राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या गर्दै प्रहार गर्ने काम भइरहेको आरोप लगाउनुभयो ।

‘जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्यारअपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ,’ ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,’यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍यायो ।’सरकार परिवर्तनपछि मुलुकमा विकासका कामहरुमा अल्पविराम लागेको र राष्ट्रिय बहसको विषय बन्न नसकेको बताउनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार