सांसद् बानियाँका छोरा पेस्तोलसहित पक्राउ

मुगु । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य सांसद् मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।

मंगलबार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका बानियाँलाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याइ अनुसन्धान गरी हातहतियार कसुरसम्बन्धी कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार