हेटौंडामा गठबन्धनको घोषणापत्र : १० हजार लिटर पानी र ३०० युनिट विजुली निःशुल्क

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

गठबन्धनबाट मेयरको उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीकी मीना लामाले घोषणा पत्रमार्फत् हेटौंडाका जनतालाई १० हजार लिटरसम्म खानेपानी निस्शुल्क उपलब्ध गराउने घोषणा गर्नुभयो । न्यूनतम ३०० युनिट विद्युत पनि निस्शुल्क वितरण गर्ने योजना रहेको लामाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार रहेका राजेश बानियाँले १९ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी चिकित्सकसहितको स्वास्थय सेवा उपलब्ध गराइने बताउनुभयो । ‘चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छौं ।

प्रत्येक वडामा मिनी रंगशाला, कभर्ड हल, व्यायमशाला र पुस्तकालय निर्माण गर्नेछौं’, बानियाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हाम्रो नगर युवा, बालबालिका तथा महिलामैत्री घोषणा गर्नेछौं ।’उहाँले हेटौंडाको मुख्य ऐजेण्डाको रुपमा रहेको सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारवासीको चित्त बुझाएर हल गर्ने योजना गठबन्धनमा रहेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार