९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो ।

नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात हुँदै आएको छ । चालू वर्षको ९ महिने अवधिमा जापान, अष्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, इटाली, दक्षिण कोरिया, बेलायत र अमेरिकामा चिउरा निर्यात भएको हो । जसमध्ये अमेरिकामा ७ करोड २ लाख रुपैयाँको र अष्ट्रेलियामा १ करोड ६३ लाख रुपैयाँको चिउरा निर्यात भएको छ ।

यस्तै, इटालीमा ९९ लाख रुपैयाँको निर्यात भएको छ भने जापानमा ५० लाख रुपैयाँको चिउरा निर्यात भएको विभागले जानकारी दिएको छ । यहि अवधिमा विदेशबाट ४९ लाख ९२ हजार रुपैयाँको चिउरा आयात भएको छ । १ लाख २० हजार किलोग्राम बराबरको उक्त चिउरा आयात भएको जनाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार