नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको हो ।

महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सरकारले आईतवार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन्।प्रहरीमा आइजिपीका चार जना दाबेदार हुनुहुन्थ्यो ।

विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार हुनुहुन्थ्यो । २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनुभएको थियो । उहाँपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा हुनुभएको थियो । त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा हुनुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार