भीम रावलले उठाए एमसिसी राजपत्रमा छापिएको विषय

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता राजपत्रमा प्रकाशित भएकोबारे प्रश्न उठाउनुभएको छ । अरू देशसँग गरिएका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् कि छैनन् भन्ने प्रश्न पनि उहाँको छ।

‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजना सम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन्रु छैन,’ रावलको प्रश्न छ। उहाँले अनुमोदनबारे पठाइएको पत्र सार्वजनिक गर्न पनि माग गर्नुभएको छ । यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल सुरु हुन्छ। अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं। अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ रावलले आज ट्वीट गर्दै भन्नुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार