रघुगंगाको झिँमा कांग्रेसको चुनावी सभा

म्याग्दी । नेपाली कांग्रेसबाट रघुगंगा गाउँपालिका–५ झिंमा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क)का सभापती ओम छन्त्यालले समृद्ध रघुगंगा निर्माणको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नुभयो ।

उहाँले भाषण गर्ने तर काम नगर्ने भन्दा पनि काम गरेर देखाउने उम्मेदवारहरु भएका कारण सबैलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको भबहादुर भण्डारीले पालिकाको हरेक बस्तीका सडकहरु बाह्रै महिना सञ्चालन हुने गरि आफुले दुर्गम तथा विकट क्षेत्रको विकास,

आर्थिक सशक्तिकरण र युवालाई गाउँमै स्वरोजगार बनाउन पुनः एकपटक आफू निर्वाचनमा होमिएकाले सबैले एक रुख चिन्हमा मतदान गरेर विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो । उहाँले आफुले बनाउन खोजेको समृद्ध पालिका निर्माणमा केही योजनाहरु पुरा गर्न र हरेक क्षेत्रको विकास गरि पुनः जनताको सेवा गर्ने मौकी दिन अनुरोध गर्नुभयो ।

त्यस्तै चुनावी सभामा गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार बन्नुभएका प्रेम कुमारी पुनले गाउँपालिकामा रहेको स्रोतसाधनको परिचालन गरी पालिकाको समुचित विकास गर्न आफू चुनाबी मैदान उत्रिएको बताउनुभयो । उहाँले पार्टीले एक पटक जनप्रतिनिध भएर जनताको काम गर्नका उम्मेदवार बनाएको बताउनुभयो ।

उहाँले महिलाहरुको क्षमता बृद्धि गरि उद्यमशिलता अग्रसर बनाउने आफ्नो पहिलो कार्य भएको बताउनुभयो । त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार मनबहादुर शेरपुजाले समृद्ध र पर्यटकीय स्थल बनाउन आफ्नो योजना वडाबासीलाई सुनाउदै पुनः आफु वडाको विकासका लागि उम्मेदवार बनेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार