गठबन्धन राष्ट्रिय आवश्यकता हो, कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस् : देउवा

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताउनुभएको छ । विराटनगरमा आज कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गर्नुभएको हो।

‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ यो राष्ट्रिय आवश्यकताअनुसार बनेको हो,’ उहाँले भन्नुभयो, ‘गठबन्धनलाई धोका दिनु हुन्न, कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस्।’तत्कालीन केपी ओली नेतृत्वको सरकारले ‘आतंकित पारेका बेलाु गठबन्धन बनेको पनि देउवाले बताउनुभयो।

आफू यसपालि नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेको र गठबन्धनबाट प्रधानमन्त्री बन्न सम्भव भएकोले धोका दिन नहुने देउवाको भनाइ थियो। ‘मलाई प्रधानमन्त्री बन्ने रहर नै थिएन,’ उहाँले भन्नुभयो, ‘गठबन्धनका साथीहरूले सहयोग गरेपछि प्रधानमन्त्री बनेको हो। त्यसबेला ओलीको खिलापमा बोल्न र लेख्न मानिसहरू डराउथे। पत्रकारहरू डराउथे।’उहाँले गठबन्धन राष्ट्रिय आवश्कता भएकोले यसमा शंका हुने गतिविधि नगर्न उहाँले आग्रह गर्नुभएको थियो।

कांग्रेस पार्टीले कसैलाई धोका दिँदैन है, कांग्रेसको टाउकोमा धोकेबाज भन्ने आरोप नलागोस्,’ देउवाले भन्नुभयो, ‘हाम्रो एक्लै बहुमत छैन। कसैसँग मिल्नै पर्‍यो, कसैलाई चित्त नबुझ्ला। उचाल्ने र पछार्ने काम छैन। कुनै हालतमा गठबन्धनलाई धोका दिन हुन्न।’प्रधानमन्त्री देउवाले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिइने पनि बताउनुभयो।हामीले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने भनेको हो, के गर्ने केपी ओलीजीले मान्नुभएन,’

उहाँले भन्नुभयो, ‘हामीले जित्यौं भने अब यो लागू हुन्छ।’उनले स्थानीय सरकारलाई काम गर्न सक्ने गरी सक्षम बनाइनुपर्ने पनि बताउनुभयो।आफ्नो ठाउँको विकास आफैँ गर्न सक्ने गरी स्थानीय सरकारलाई सक्षम बनाउनुपर्छ,’ उहाँले भन्नुभयो । विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। उनले कोइराला काम गर्न सक्ने व्यक्ति भएकोले मेयरमा जिताउन पनि आग्रह गरेका थिए।मेयरमा नागेश र उपमेयरमा जसपाको छाता चिन्हलाई भोट हाल्नुहोला,’ देउवाले भन्नुभयो। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार