कास्टिङ देखाएका छौं, अब पुरै फिल्म देखाउँछौ : दाहाल

चितवन । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गर्नुभएको छ । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दावी गर्नुभएको हो ।

उहाँले महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको भन्दै ति कामहरु कास्टिङ मात्रै भएको बताउनुभयो । ‘हामीले कास्टिङ देखाएका छौ । अब पुरै फिल्म देखाउँछौ’, दाहालको भनाइ छ । उहाँले आफु पुन महानगरको प्रमुखमा विजयी भए राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुरा गर्ने भन्दै विगतमा गरेका प्रतिवद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर सम्मृद्ध महानगरतर्फ अघि बढाएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार