विज्ञले काठमाडौं बनाउने हो, सबैसँग सहकार्य हुन्छ : सिंह

काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने समेत बताउनुभयो।

काठमाडौंलाई कला संस्कृतिको संरक्षणमा लाग्ने उहाँको भनाइ छ । काठमाडौंमा बुद्धिजीवी​हरुको भेलालाई सम्बोधन गर्दै आफ्नो पेश र क्षेत्रका विज्ञहरुको सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने समेत सिंहले बताउनुभयो। ‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा हो,’ सिंहले भन्नुभयो ।

मेयर भएकै दिनदेखिनै सबैसँग सहकार्य गरेर आगाडि बढ्ने समेत उहाँले बताउनुभयो । काठमाडौंको आाफ्नै मौलिकता रहेकोले यो लोप हुनबाट बचाउने र काठमाडौं समृद्धि दिने काम हाम्रो काँधमा आएको सिंहको भनाइ छ । काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गर्नुभयो । ‘महानगरमा अस्पताल खोलेर दिनदुःखी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भन्नुभयो ।

महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताउनुभयो । ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउँदा नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भन्नुभयो । ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भन्नुभयो । घर-घरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताउनुभयो । सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिंड्ने वातावरण बनाउने समेत सिंहले बताउनुभयो। रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार