काठमाडौंमा राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा : नीर शाह

काठमाडौँ । वरिष्ठ कलाकार नीर शाहले नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहबारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउनुभएको छ ।

काठमाडौंमा बुद्धिजीवीहरुको भेलामा शाहले काठमाडौंमा यसपटक राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा लाग्दा सिर्जना सिंहलाई नजरबन्द गरिएको थियो । उहाँको प्रतिस्पर्धामा उत्रिएका केशव स्थापितलाई राजाले नै मेयर बनाउनुभयो ।

काठमाडौंमा यसपटक राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा हुँदैछ । अब यहीँबाट को उम्मेदवार राम्रो भन्ने प्रष्ट हुन्छ ।’राजासँग सम्बन्ध सुधार्नका लागि बा बादीहरूले स्थापितलाई पठाईएको उहाँको भनाइ छ । ‘यो इतिहास खोजिनु जरुरी छ,’ शाहले भन्नुभयो। काठमाडौंमा जित लोकतन्त्रको हुने बताउँदै लोकतन्त्रवादीले नहार्ने समेत शाहको दाबी छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार