गठबन्धनले हार स्वीकार्‍यो : पौडेल

चितवन । नेकपा (एमाले)को स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्याल हुइँया गरेर गएको टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिनुभयो । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव सामान्य परिस्थितिमा हुन नलागेको उहाँले बताउनुभयो ।

गठबन्धन दलका नेताहरूले भरतपुर महानगरपालिकाका जनतालाई धम्काएर गएको भन्दै जनताले माओवादीलाई चिनिसकेको बताउनुभयो ।परमादेशको भरमा बनेको सरकारले महँगी थपेको भन्दै उहाँले राष्ट्रियताको रक्षा गर्ने पार्टी एमाले मात्र भएको बताउनुभयो । गठबन्धनले हार स्वीकार गरिसकेको भन्दै उहाँले भरतपुरमा नेपाली कांग्रेसले गलत बाटो लिएपछि कांग्रेसकै नेताहरुले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार