काँग्रेस इमान्दार भएर लाग्दा सुदूरपश्चिममा ओलीका मान्छे बडारिन्छन् : दीर्घ सोडारी

कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले चुनावी तालमेलमा नेपाली काँग्रेस इमान्दार हुनुपर्ने बताउनुभएको छ । धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा उहाँले भन्नुभयो, ‘काँग्रेस र नेपाली काँग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारीता पूर्वक लाग्ने हो भने जित सुनिश्चित छ ।’

काँग्रेस फराकिलो भएर गठबन्धनको पक्षमा लाग्दा सुदूरपश्चिमा एमालेका उम्मेदवार बडारिने एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री सोडारीको भनाइ छ । ‘ काँग्रेस फराकिलो भएर गठबन्धनको पक्षमा लाग्ने हो भने केपी ओलीका मान्छे सबै बडारिने छन्,’ सोडारीले भन्नुभयो ।

यसमा एकीकृत समाजवादी होस्टेमा हैँसे गर्न तयार रहेको उहाँको भनाइ छ । गठबन्धनमा केही ठाउँमा कुरा मिल्न नसकेको भन्दै संयोजनकर्ताका हैसियतले काँग्रेसले विशेष पहल लिने उहाँले बताउनुभयो। धनगढी उपमहानगरपालिका गठबन्धनका साझा उम्मेदवार नृप वड र उपमेयर शान्ति अधिकारीको टिमको जित सुनिश्चित रहेको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार