अहिलेको निर्वाचन ०७४ को भन्दा सस्तो हुने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ । निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’

आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले चुनाव खर्चको विषयमा प्रश्न उठाएका थिए । जवाफमा उहाँले ०७४ को भन्दा सस्तो हुने आयोगको आंकलन रहेको बताउनुभएको हो । ०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । यो पटक यही ३० गते देशभर एकै पटक स्थानीय चुनाव हुँदैछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार