पृथ्वीसुब्बा गुरूङले हटाए मौन अवधिमा भोट मागेको भिडिओ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले मौन अवधिमा पोष्ट गरेको भोट माग्दै गरेको भिडिओ फेसबुकबाट हटाउनुभएको छ । गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गर्नुभएको थियो ।

उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गर्नुभएको थियो। बुधबार दिउँसो उहाँले उक्त भिडिओ पोष्ट हटाउनुभएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ।मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइन्न। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार