उत्तरी मोरङको मिक्लाजुङमा शंकास्पद वस्तु फेला

विराटनगर । उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खे भन्ने ठाउँमा बम जस्तो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ । सोही क्षेत्रमा बुधबार राति विष्फोटको आवाज आएपछि स्थानीयवासी आतंकित बनेका छन्।

‘प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भन्नुभयो,‘तर, विकट ठाउँ भएकाले टोली अझै पुगेको छैन । टोली पुगेपछि सबैकुरा थाहा हुनेछ।’ शंकास्पद बस्तु भेटिए पनि विस्फोटबारे थाहा नभएको उहाँले बताउनुभयो । उहाँले मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको पुष्टि गर्नुभयो

विष्फोट गराइएको र शंकास्पद वस्तु भेटिएको स्थान आसपासमै रहेको हुनसक्ने स्थानीयले बताउनुभयो। विष्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित एवम् आतंकित भएका छन् । मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठले राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको जानकारी दिनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार