किरिया बसेका तीन दाजुभाइले गरे मतदान

मुगु । मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गर्नुभएको छ । आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्नुभएको हो ।

उहाँहरूले खत्याड गाउँपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । किरिया बस्ने दाजुभाइमा खत्याड गाउँपालिका–८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गर्नुभएको हो।

जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुनुहुन्छ । पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकाले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार