प्रचण्ड हार स्वीकार गरेर जानुभयो, एमाले विजयी हुन्छ : बादल

चितवन । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गर्नुभएको छ । भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।

‘यो निर्वाचनमा सूर्यका उम्मेदवार विजय हुन्छ। गठबन्धनले हार स्वीकार गरी सकेको छ। त्यसैले सूर्य विजयी हुन्छ भन्ने कुरा त अस्ति भएको भरतपुर सभाबाट स्पष्ट भईसकेको छ’ थापाले भन्नुभयो, ‘विहान उहाँ(प्रचण्ड)पनि हार स्वीकार गर्नु भएको छ। मतदानमा हार जित स्वभाविकै रुपमा लिनुपर्छ भन्नुको अर्थ त्यहीँ हो।’पक्कै पनि ल्याउँछ लोकतन्त्रलाई सुदृढ गर्छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार