दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो

काठमाडौँ । निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार