मालिका गाउँपालिका –२ को वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार एमालेको प्यानल नै विजयी भएका छन् ।

प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले २०७ र मंगोल नेशनलका प्रेमकुमार रोकाले २० मत प्राप्त गरेका छन् । यस्तै गाउँपालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ७०७,कांग्रेसका श्रीप्रसाद रोका मगरले ५९७ ,माओवादीका रेशमबहादुर जुग्जालीले २६४ र मंगोलका खमबहादुर रोकाले २१ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ६०५,एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई ७१९ ,माओवादीकी गौरी सेन्चुरीलाई २२६ र मंगोलकी धनदेबी बुढालाई २३ मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार