माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित हुननुभएको छ ।

३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।बराल अघिल्लो चुनावमा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएके थियो ।

निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६६६ र नेपाली कांग्रेसका उम्मेदवारले ३३३ मत पाउनुभएको छ । यस्तै जनमत पार्टीले ३६ र जसपाले २९ मत पाएको गाउँपालिकाका निर्वाचन अधिकृत ताराकुमारी शर्माले जानकारी दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार