सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना अवरुद्ध

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो ।

उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उम्मेदवार छन् भने उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् ।एमाले उम्मेदवार नीलम खनालले ६७८ मत ल्याउँदा कांग्रेसका रमेश कार्कीले ५७२ मत पाएका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार