मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

मुगु । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गर्नुभएको हो। निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया ४५४८ मतका साथ विजयी हुनुभएको छ । उहाँले एमालेकी कविता गिरीलाई २०४९ मतान्तरले पराजित गर्नुभएको हो ।

उहाँकी प्रतिद्वन्द्वी एमालेकी कविताले २४९९ मत पाउनुभयो । ११ वडा रहेको यो गाउँपालिकामा माओवादीले ५ र कांग्रेस–एमालेले ३र३ वडा जितेका छन् ।२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो । योपटक भने ३ वटा वडामै सीमित रहेको छ। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार