बलात्कारसम्बन्धी हद म्यादको व्यवस्था संशोधन गर्न माग

काठमाडौँ । नेपाल विद्यार्थी संघले बलात्कार सम्बन्धी अपराधमा जाहेरीकालागि हद म्यादको व्यवस्था संशोधन गर्न माग गरेको छ । नेविसंघले आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

एक वर्षे हद म्यादका कारण बलात्कारबाट पीडित महिलाहरूलाई न्याय पाउनबाट बञ्चित हुनुपरेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्न माग गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताउनुभयो ।

‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ,’ उहाँले भन्नुभयो । नेविसंघको ज्ञापनपत्र बुझ्दै मन्त्री बन्दीले सरकारले कानुन संशोधनको प्रकिया अघि बढाइसकेको बताउनुभएको थियो । ekantipurबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार