अर्घाखाँची । अर्घाखाँचीको शीतखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नं. ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु भएको हो।
प्युठान नौबहिनी गाउँपालिका–८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी उनीहरुको शव आफन्तको जिम्मा लगाइएको छ भने उक्त घटनाबारे अनुसन्धान भइरहेको छ । nagariknews.nagariknetworkबाट