आफ्नो विजयोत्सव मनाउन अध्यक्ष जितेका यादवले दिए गाउँपालिकाभरी विदा

जनकपुरधाम । सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ। कुनै स्थानीय पर्व वा अरू कुनै कारण गाउँपालिकाभरि विदा भएको होइन  ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिनुभएको हो । पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ ।

‘उहाँको आज सपथ छ। त्यसपछि विजयोत्सव हुन्छ रे। त्यसअघि नै विदा दिनु भनेर निर्देशन दिनुभयो। जितेर आएका मान्छेले भनेपछि मान्नै पर्‍यो,’ गाउँपालिकाका एक कर्मचारीले भन्नुभयो । अध्यक्षमा निर्वाचित भएका यादव लोकतान्त्रिक समाजवादी पार्टीका हुनुहुन्छ । यहाँ गाउँपालिका उपाध्यक्ष पनि लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार