विशेष कार्यक्रममार्फत फेरि आउँछु : जगन्नाथ खतिवडा

काठमाडौँ । भरतपुर महानगरपालिकको मेयर पदका उम्मेदवार रहेका नेपाली काँग्रेसका बागी नेता जगन्नाथ खतिवडाले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प्रत्यक्ष करिब १५ हजार र बदर मत समेत करिब १० हजार गरी २५ हजार महानगरबासी मेरा मित्र सचेत र स्वाभिमानी काँग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवी समेत बाट प्राप्त माया स्नेह र सहयोग का लागि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रम मार्फत तपाईहरुको सामिप्यमा आउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु धन्यवाद तथा जय नेपाल ।’ उहाँले महानगरपालिकामा निर्वाचित भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना पनि दिनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार