भरतपुरवासीलाई निराश हुन दिनेछैन : दाहाल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उहाँले बताउनुभयो । आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उहाँले भन्नुभयो, ‘योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमान्दार भएको बताउँदै उहाँले भन्नुभयो, ‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले ठूला योजना बुने तापनि भरतपुरमा असफल भएको छ ।

हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौं ।’ उहाँले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताउनुभयो। यस्तै भरतपुरमा नेपाली कांग्रेसबाट उपमेयरमा विजयी चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको बताउनुभयो । उहाँले भरतपुर महानगरको चौतर्फी विकासको लागि नगर उपप्रमुखको रुपमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार