माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।मंगलबार संघीय संसदमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । त्यसका लागि दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । त्यसअघि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार