अन्नपूर्णमा जनप्रतिनिधीको पदभार ग्रहण

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

सपथग्रहण लगत्तै अध्यक्ष र उपाध्यक्ष पुनद्धयले पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा पदभार ग्रहण गर्नुभएको थियो । अध्यक्ष पुनले कर्मचारीलाई विश्वासमा लिएर गाउँपालिकाको सेवालाई प्रभावकारी बनाउने, विकास योजना तथा कार्यक्रम कार्यान्वयनमा तिब्रता दिने र चुनावी प्रतिवद्धता अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने बताउनुभयो ।

अन्नपूर्णको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ । जेठ १४ गते कार्यपालिका सदस्यका उमेद्वारहरुको मनोनयन दर्ता र १७ गते मतदान हुने निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो । अन्नपूर्णमा एमालेका अध्यक्ष उपाध्यक्ष र पाँच जना वडा अध्यक्ष सहित ३० जना मतदाता छन् । अन्नपूर्णको कार्यपालिका सदस्यको निर्वाचनमा ४२ जना मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार