भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भयो : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भएको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोन गर्दै गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा भोट पाउनको लागि मतदाताको हत्या गरिएको ओलीले बताउनुभएको हो ।

उहाँले रुकुममा मतदाताको हत्या गरी वनमा लगेर फालेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘रुकुमा भोट पाउनको लागि मतदाताको हत्या गरियो । मतदाता अपहरण गरियो । हत्या गरेर वनमा फाल्ने कामहरु भयो ।’

हुम्लामा कार्यकर्ताको बुबाको हत्या गरिएको पनि उहाँले बताउनुभयो । ‘हुल्लमा मतदान भइसकेपछि मतगणना समयमा राजनीतिक कार्यक्रर्ताहरु घर आएर बसेर खाना खाएर कुरा गर्दै थिए, कार्यकर्ताका बाबु आँगनमा भएको बेला हमला गरियो । उनको हत्या गरियो । बचाउन सकिएन ।’

आलीले ताप्लेजुङ र उदयपुरमा पनि मतदाताको हत्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उदयपुरमा प्रहरीकै गोलीबाट हत्या गरियो । विभिन्न ठाउँमा आक्रमण भए । धेरै मतदाता घाइते भए ।’उहाँले स्थानीय तहको निर्वाचनमा मतदातालाई घेर्ने, छेक्ने, थुन्ने, भयभित पर्ने र कुटपिट गर्ने कामहरु समेत भएको टिप्पणी गर्नुभयो। news24nepalबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार