देउवालाई ओलीको आग्रह : ईपीजी प्रतिवेदन एक पक्षीय रुपमै भए पनि बुझ्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्जजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न देउवालाई ओलीले आग्रह गर्नुभएको हो ।बिहीबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त प्रतिवेदन नेपाल वा भारत जुन देशको प्रधानमन्त्रीले पहिले बुझे पनि हुने बताउनुभयो । म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुप्यो ।

प्रधानन्त्रीजीले बुझ्नु्स् । दुबै तर्फको प्रतिवेदनको सहमतिको प्रतिवेदन हो त्यो । निजी ढंगले कसैले अध्ययन गरेका विषय होइन । भारतले बुझ्दैन भनेर हुन्न’ उहाँले भन्नुभयो । नेपाल र भारतबीचका विभिन्न समस्या समाधानका लागि दुई देशको प्रधानमन्त्रीस्तरको सहमतिमा बनेको प्रवुद्ध व्यक्ति समूहले दुई वर्ष भन्दा बढी काम गरेर प्रतिवेदन तयार पारेको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नदिँदा अहिलेसम्म सार्वजनिक भएको छैन । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार