मालिकामा माओवादीको ‘फ्लोर क्रस’,कार्यपालिकामा एमालेलाई बहुमत

म्याग्दी । म्याग्दीको मालिका गाउँकार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन तोड्दै माओवादीले फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेको छ। बिहिबार भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लोर क्रस गरेर एमाले र माओवादी केन्द्रका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनको बहुमत रहेको कार्यपालिकामा नेकपा एमालेबाट प्रतिक्षा विक,मनकुमारी पुन, विजय हुनुभएकाे छ  भने नेकपा माओवादी केन्द्रबाट दलबहादुर खड्कथोकी, देवी पटेल र एकिकृत समाजवादीबाट अनुप गौचन विजयी हुनुभयाे । स्थानीय तहको निर्वाचनमा तिक्ततापूर्ण सम्बन्ध रहेको सत्ता गठबन्धनले कार्यपालिकामा सहकार्य गरेपनि मतदान प्रक्रियामा माओवादीले एमालेलाई सघाएको छ । माओवादी र एमाले बिचको सहकार्य पनि आश्चर्यजनक देखिएको छ ।

गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष खरमाया विटालु र निर्वतमान कार्यपालिका सदस्य गौमती चापागाईलाई भने पराजित गरिएको छ । विटालु कार्यपालिका हुदैं जिल्ला समन्वय समितिमा आउने तयारी थियो । पार्टीले उपाध्यक्षको टिकटमा चलाखी गरेपनि विटालुले पार्टीलाई जिताउन निरन्तर फिल्डमा सक्रिय भएपनि कार्यपालिकामा प्रतिनिधित्वमा असहयोग गरिएको छ ।

कार्यपालिकामा अनुभवी भन्दा पनि नयाँलाई अवसर दिन खोजेजस्तै गरी एमालेबाट समेत प्रतिनिधित्व भएको छ । यता सहमति बाहिर गएर नेकपा माओवादीले राजनीतिक इमान्दारिता उल्लंघन गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेकपा माओवादीले भने प्रतिक्रिया दिएको छैन। जिल्लाका अन्य स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिचको सहकार्यलाई समेत मालिकामा भएको गतिविधिले झस्काएको बताइएको छ ।सात वटा वडा रहेको मालिकामा एमालेले अध्यक्ष ,उपाध्यक्ष सहित तीन वडा ,कांग्रेसले तीन वटा वडा र माओवादी केन्द्रले एक वडा जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार