घटना स्थल पुगेका शेरचन भन्छन् – यहाँको अवस्था भयावह छ

म्याग्दी । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङस्थित सानोसरे भीरमा फेला परेको छ ।  केही सुरक्षाकर्मी र स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

जहाज क्षतविक्षत अवस्थामा रहेकाे  शेरचनले  म्याग्दी न्युज डटकमलाई बताउनुभयाे । ‘यहाँ १०-१२ वटा शव भेटिएका छन्। शव डढेको छैन्, चिनिने अवस्थामा छन् । शवहरुलाई संकलन गरेर निकाल्ने प्रयास भइरहेको छ,’ उहाँले भन्नुभयो , ‘यहाँको अवस्था भयावह छ। जोमसोमबाट खटिनुभएका प्रहरी निरिक्षक सर र नेपाल आर्मीका एक जना छौं।’

अप्थ्यारो र चिप्लो बाटोका कारण शव संकलनमा कठिनाई भएको छ । जहाजमा २२ जना सवार थिए । यार्चा टिप्न गएका स्थानीयबासीले मानापाथी हिमालको खोचमा विमानको भग्वाशेष देखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार