निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनुभएको छ ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राख्नुभएको हो ।

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो ।छलफलमा सहभागी नेता नेपालले सर्वोच्चबाट आएको फैसलाबाट स्तब्ध छु भएको बताउनुभयो । ‘सर्वोच्चबाट जे आयो भनिएको छ म स्तब्ध छु, यो विकासको बाधक हुन्छ,’ उहाँले भन्नुभयो, ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भन्नुभयो ।

उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे । ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ,’ उहाँले भन्नुभयो । ‘म कम्तीमा ६ पटक निजगढ बिमानस्थल निरीक्षणमा पुगेको छु । जंगल भनिएको छ । के त्यहाँ जंगल छ रु जंगल छैन भने वन विनास भैरहेको कसरी छ रु’ उहाँले प्रश्न गनुभयो ।

‘जहाँ एयरपोर्ट निर्माण हुँदै छ त्यहाँ जंगल छँदै छैन । जुन ठाउँ सोचिएको छ, त्यहाँ बनाउन हुँदैन भनिएको छ त्यो नबुझेर भनिएको हो । अर्को दक्षिण सार्ने भनिएको छ । काठमाडौंको बस्ती उठाएर एयरपोर्ट बनाउने भने जस्तै हो संभव नै छैन,’ उहाँले थप्नुभयो ।पोखराको, भैरहवाको एयरपोर्टले काठमाडौंको विकल्प दिन नसक्ने भन्दै उहाँले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको बताउँदै उहाँले भन्नुभयो, ‘यो ढिला विभिन्न कारणले भएको छ, छिटो अगाडि बढाउनुपर्छ । उपाय खोजिनुपर्छ ।’अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार