काठमाडौं महानगरले हिंसामा परेका महिलाहरूको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले हिंसा र अन्यायमा परेका पीडित महिलाहरूको संरक्षण गर्ने बताउनुभएको छ ।

उहाँले आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ । सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्ने जनाइएको छ। डंगोलले चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख गरिएको थयो।

‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उहाँले भन्नुभयो । उहाँले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी सानातिना विवादलाई वडा तहबाटै निरूपण गर्ने उद्धेश्यले मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार