बजेटले उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने स्पष्ट लक्ष्य लिएको छ : विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा उद्यमी विनोद चौधरीले बजेटबाट सरकारले स्वदेशी उत्पादन बढाउन स्पष्ट योजना अघि सारेको बताउनुभएको छ । उहाँले बजेटमाथिको छलफलमा सम्बोधन गर्दै आयात प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन बजेटले स्पष्ट दिशा लिएको बताउनुभएको हो ।

‘नेपालमा उत्पादन हुने वस्तु छिमेकी मुलुकमा लग्नका लागि ८ प्रतिशत अनुदान दिने व्यवस्था आउनु स्वागतयोग्य विषय हो,’ चौधरीले भन्नुभयो, ‘नेपालको ३० प्रतिशत आयात घटाउने र स्वदेशमा उत्पादित कृषि उत्पादनलाई प्राथमिकता दिनेगरी आयातित वस्तुमा करका दर हेरफेर गरिएको छ ।’ यो नीति समेत उत्कृष्ट भएको चौधरीको भनाइ छ ।

यस्तै, १० करोड रुपैयाँसम्म विदेशी लगानी डिजिटल माध्यमबाट स्वीकृती दिने व्यवस्था समेत राम्रो भएको चौधरीले बताउनुभयो । उहाँले अब रोजगारी श्रृजनाको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने माग राख्दै भन्नुभयो, ‘कोभिडको समयमा प्रदेश र स्थानीय सरकारलाई जिम्मेवारी नदिइएको भए राज्य महामारीसँग लड्नसँग सक्दैनथ्यो ।’

यसका साथै, पूर्वाधार क्षेत्रलाई बजेटले दिएको प्राथमिकता समेत स्वागतयोग्य रहेको चौधरीको भनाइ छ । ‘पूर्व–पश्चित राजमार्गलाई ३० अर्ब विनियोजन हुनु र ४ लेनको बनाउनु नेपालको लाइफलाइन हो,’ उहाँले भन्नुभयो, ‘पोखरा–भैरहवा विमानस्थल सुरू हुन लागेको स्थिती छ । नेपालले भारत र चीनबाट मात्रै वार्षिक ५० लाख पर्यटक ल्याउन सक्छ । बजेटले त्यही दृष्टिकोण लिएको छ ।’  रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार