स्वास्थ्य बीमा निःशुल्क गर्न तामाङको माग

काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गर्नुभएको छ । उहाँले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गर्नुभएको हो ।

उहाँले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने योजनाको तारिफ गर्दै १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएकोमा प्रश्न गर्नुभयो । ‘मृगौला प्रत्यारोपण गर्न १० करोड बजेट छुट्याइएको छ,’ तामाङले भन्नुभयो, ‘त्यो बजेटले कति जनाको मृगौला प्रत्यारोपण गर्ने ५/१० जनाको हो ?’

यस्तै, बजेटमा स्वास्थय बीमामा ‘कम्पनी’ शब्द उल्ले गरिएको विषयमा समेत आशंका जनाउनुभयो । उहाँले कम्पनी शब्द राखिँदा स्वास्थ्य बीमाको जिम्मेवारी निजी क्षेत्रलाई दिन लागिएको हो भनेर प्रश्न गर्नुभयो । यदी त्यस्तो भएमा नेपालको स्वास्थ्य बीमा थप महँगो बन्ने तामाङको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार