६ ग्राम ब्राउन सुगरसहित युवायुवती पक्राउ

दाङ । दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित युवायुवती पक्राउ परेका छन्।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ का २४ वर्षीय पुजन राज कँवर र घोराही – १५ की २२ वर्षीया विष्णु बुढा मगर छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार सोमबार राति करिब पौने दश बजेको समयमा उनीहरू घोराही– १७ चौघेराबाट पक्राउ परेका हुन्।

स्थानीय सुवास घर्तीमगरको घरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको ओसारपसार तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले कँवर र मगरका साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

प्लाष्टिकमा बेरेर पाँच वटा पोकामा राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको र प्लाष्टिकसहित तौल गर्दा ७.८७० ग्राम र प्लाष्टिक हटाएर तौल गर्दा ६ ग्राम तौल पुगेको प्रहरीले बताएको छ।पक्राउ परेकाहरूविरूद्ध म्याद थप भइ आवश्यक अनुसन्धान सुरू गरिएको डिएसपी रिजालले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार