किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको बताउनुभयो ।

‘किसानसँग सरकार भन्ने कुरालाई कार्यगत रुपमा लाग्न सक्यौ भने किसानलाई बलियो बनाउन सक्छौँ । किसानका छोराछोरीको पढ्ने ग्यारेन्टी र किसान विरामी भएमा ग्यारेन्टी हुन सके किसान बलियो हुन्छ ।’ कार्कीले भन्नुभयो, किसानलाई सबलीकरण नभएसम्म नेपालमाथि जान सक्दैन ।

अगाडिको बजेटभन्दा कमसेकम यस पटक अलिकति भएपनि किसानहरुलाई महत्व दिएको छ । त्यसलाई स्वीकार गर्दछु ।’शिक्षामा धेरै बजेट विनियोजन भएको कार्कीले बताउनुभयो । झापा जिल्लामै विज्ञान भन्दा अस्था र विश्वास, धर्ममा भर पर्ने गरेको बताउनुभयो । यस्तो सोचको विकास भएमा समाज अघि बढ्न नसक्ने ठोकुवा गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार